यातायातमा फेललाई पास, पासलाई फेल गर्ने सात कर्मचारी भ्रष्टाचारी ठहर
यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन सात कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् । लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स बिक्रि गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले सात जनालाई दोषी ठहर गरेको हो ।
Advertisement 1
गण्डकी प्रदेशबाट ०७५ मंसिर तथा ०७६ को कात्तिक र मंसिरमा सञ्चालित सवारीचालक अनुमतिपत्रको परीक्षा परिणाम फेरबदल गरेको अभियोगमाथि सुनुवाइ गर्दै विशेषले फैसला सुनाएको हो। विशेषका अनुसार भरतमणि बराल, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, मोहनमणि सुवेदी र झलक पौडेलमाथि कसुर कायम भएको हो। पौडेल तत्कालीन निमित्त कार्यालय प्रमुख र शाखा अधिकृत हुन् भने बाँकी कम्प्युटर अधिकृत र अपरेटरहरू हुन्।
चार चैत २०७८ मा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र अधिकृत हरिप्रसाद गौतमले भने सफाई पाएका छन् । उनीहरुले २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुलाई पास गराएका थिए ।
Advertisement 2
२०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको योगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्य गरेको अख्तियारले जनाएको छ ।