राजश्व अनुसन्धान पथलैयामा अवैध असुली

राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीको कारण बारा पर्साका उद्योगीहरू आतंकित भएका खबरहरू सार्वजनिक भएका छन्। सो कार्यालयका कार्यालयका कर्मचारीले दशैँ केन्द्रित अनुगमनको नाममा उद्योगी व्यवसायीलाई अनेक बहानामा तनाव दिन थालेपछि व्यवसायीहरू आतंकित हुन थालेको गुनासाहरू प्राप्त हुन थालेका छन्।

Advertisement 1

राजस्व अनुसन्धान कार्यालय पथलैयाको कार्य क्षेत्र रहेकका पर्सा, बारा, रौतहट र सर्लाही लगायतका व्यवसायी-व्यापारीहरूलाई फोन गरेर कर्मचारीले कार्यालयमा भेट्न आउन भन्नुको साथै आफैँ व्यपारीहरुको व्यापारीक प्रतिष्ठान, कार्यालय चाहारेर आर्थिक लाभ लिने अभियानमा जुटेको एक व्यापारीले बताए।  नाम चलेका व्यापारीहरू कहाँ आफैँ पुगेर लाभ लिने गरेको आरोप लागेको छ भने साना व्यवसायीहरूको बिलबिजकलगायतका कागजात दुरुस्त रहेपनि मालवाहक गाडी रोकेर विभिन्न बहानामा बार्गेनिङ गर्ने, तर्साउने गरेका व्यवसायीहरूको गुनासो रहेको छ।

व्यवसायीका अनुसार मालवाहक सवारीका चालकसँग साहुको नम्बर मागी आफैँले फोन गरेर कार्यालयमा भेट्न बोलाउने गरेको बताइन्छ। राजस्व अनुसन्धान कार्यालय बाट नै फोन आएपछि सबैभन्दा कमजोर मानिएका व्यवसायीहरू कार्यालय पुग्दा विभिन्न बहानामा तर्साएर बार्गेनिङ गर्ने गरेका छन् । उनीहरुले भने अनुसार भेटी नचढाएपछि मालवाहक सवारी साधनहरु नियन्त्रणमा लिनुको साथै सामानहरु गाडीबाट झारेर अनावश्यक दुस्ख समेत दिने गरेका छन् ।

Advertisement 2

यो विषयमा पथलैयाका प्रमुखसँग बुझ्दा उक्त आरोपमा कुनै सत्यता नभएको बताएका छन् । उनले भने, ‘यसमा कुनै सत्यता छैन । तस्करी रोक्न लागिपरेको हामीमाथि नानाथरी विषयसँग जोड्नु आत्मरतिमा रमाउनु मात्रै हो ।’

प्रकाशित :२०८० आश्विन ३०, मंगलवार ०९:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry