मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

काभ्रे। मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी २ हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ।

Advertisement 1

काभ्रे जिल्लाको मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयले सो नामावली हटाएको हो। नामावलीबाट हटाइएकामध्ये मृत्यु भएका एक हजार ४०२, दोहोरो दर्ता भएका एक हजार १९८ र नागरिकता परित्याग गरेका २ जना रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरले जानकारी दिए।

मृत्यु भएका मतदाताको नाम हटाउनेमा भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ३७५ जना रहेका छन्। पनौती नगरपालिकामा २९६, नमोबुद्ध नगरपालिकामा २८१, बनेपा नगरपालिकामा २४०, धुलिखेल नगरपालिकामा ९७, महाभारत गाउँपालिकामा ६५, पाँचखाल नगरपालिकामा ३४ र बेथानचोक गाउँपालिकामा १४ जनाको नाम हटाइएको छ।

Advertisement 2

दोहोरो दर्ताका कारण पनौती नगरपालिकामा सबैभन्दा बढी १४१ जनाको नाम हटाइएको छ। चौँरीदेउराली गाउँपालिकामा ११८, नमोबुद्ध नगरपालिकामा १०९, पाँचखाल नगरपालिकामा १०४, मण्डनदेउपुर नगरपालिकामा १०१ र रोशी गाउँपालिकामा ९९ जनाको नाम हटाइएको हो।

तेमाल गाउँपालिकामा ८२, धुलिखेल र बनेपा नगरपालिकामा ८०–८०, बेथानचोक गाउँपालिकामा ७४, भुम्लु गाउँपालिकामा ७२, महाभारत गाउँपालिकामा ७० तथा खानीखोला गाउँपालिकामा ६८ जनाको दोहोरो दर्ता हटाइएको छ।

Advertisement 3

नागरिकता परित्याग गरेका कारण पनौती र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम हटाइएको उनले बताए। मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्यागका कारण नाम हटाइएकामध्ये भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ४४७ र पनौती नगरपालिकामा ४३८ जना रहेका छन्।

त्यस्तै, नमोबुद्ध नगरपालिकामा ३९०, बनेपा नगरपालिकामा ३२०, धुलिखेल नगरपालिकामा १७७, पाँचखाल नगरपालिकामा १३८, महाभारत गाउँपालिकामा १३५, चौँरीदेउराली गाउँपालिकामा ११८, मण्डनदेउपुर नगरपालिकामा १०२, रोशी गाउँपालिकामा ९९, बेथानचोक गाउँपालिकामा ८८, तेमाल गाउँपालिकामा ८२ र खानीखोला गाउँपालिकामा ६८ जनाको नाम हटाइएको सूचना अधिकारी मानन्धरले जानकारी दिए।

प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम