सहसचिव भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं। भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

Advertisement 1

अख्तियारले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

साथै भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा दायर गरिएको थियो । मुद्दा दायरको भोलिपल्ट विशेषले भट्टराईविरुद्ध थुनछेक आदेश दिँदै २५ लाख रुपैयाँ धरौटी मागेको हो ।

Advertisement 2

विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यद्वय नारायणप्रसाद पौडेल र दिल्लीरत्न श्रेष्ठको इजलासमा थुनछेक बहस भएको थियो । भट्ट र पौडेलको बहुमतले भट्टराईसँग धरौटी मागेको हो । तर, न्यायाधीश श्रेष्ठले भने धरौटी नमागी मुद्दाको किनारा नलागेसम्म भट्टराईलाई पुर्पक्षमा पठाउनु पर्ने राय दिएका छन् । तर बहुमत न्यायाधीशले धरौटी मागेसँगै भट्टराई धरौटी बुझाएमा थुनामुक्त हुनेछन् ।

Advertisement 3

 

 

प्रकाशित :२०८२ मंसिर २८, आईतवार ११:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry