२१७ कर्मचारी उपसचिवमा उक्लदैं,प्रशासन सेवाको बढुवाको सूची मंगलबारभित्रैमा निकाल्ने तयारी

सरकारले ३० जना अधिकृत तहका कर्मचारीलाई मंगलबारभित्रैमा उपसचिव तहमा बढुवा गर्ने तयारी गर्दैछ । बढुवाका लागि कर्मचारीहरुले दरखास्तसहित बुझाएको फाइल अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन टूंग्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,विभिन्न सेवा र समूहतर्फका कर्मचारीहरु जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा हुन लागेको बढुवाको सूची तयार पारिरहेका छन् ।
जसअनुसार,सोमवार वा ढिलोमा मंगलबारभित्रैमा प्रशासन सेवातर्फका उपसचिवको बढुवाको सूची तयार हुनेछ । प्रशासनसेवातर्फबाट ३० जना उपसचिवमा बढुवा हुँदैछन् । ३० जना उपसचिव बढुवाका लागि दरखास्त आह्वान गरिएकोमा ३ सय भन्दा बढीको आवेदन परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा शाखाले जनाएको छ । प्रशासन सेवाका तीस कर्मचारीहरु जेष्ठता र दोश्रो कार्यक्षमता मुल्यांकनका आधारमा उपसचिवमा उक्लनेछन् । यसरी प्रशासन सेवाको सूची सार्वजनिक गरिए पछि लेखा,इञ्जिनियरिङ,कृषि,भेटनरी,वन लगायतको समूहबाट बढुवाको सूची निस्कने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Advertisement 1

प्रशासनसमूह अन्तरगत सामान्य प्रशासनका ३० जना,राजश्व समूहबाट ४ जना,लेखाबाट १२ जना,लेखापरीक्षण १५,आर्थिक योजना तथा तथ्यांकबाट २,इञ्जिनियरतर्फबाट ३७ जना,कृषिसेवातर्फबाट ४ जना,शिक्षा समूहबाट २ जना,वनसेवाबाट १,स्वास्थ्य सेवातर्फबाट ३४ जना बढुवा हुनेछन् ।

यी सबै समूहबाट गरी २१७ जना कर्मचारी उपसचिवमा उक्लने सामान्यले जनाएको छ । जसमध्ये ११० जना ज्येष्ठताको आधारमा र १०७ जना कार्यक्षमताको आधारमा उपसचिवमा उक्लनेछन् । लोकसेवा आयोगले सबै सेवा समूह, उपसमूहअन्तर्गत ४६ वटा समूहमा बढुवा खुलाएको हो । तीमध्ये २४ ज्येष्ठताको आधारमा र २२ कार्यक्षमताको आधारमा विज्ञापन गरेको थियो । २१७ जनाका बढुवाका लागि लोकसेवाले आह्वान गरेको विज्ञापनमा १५ सयभन्दा बढीले दरखास्त बुझाएका थिए ।
जसमध्ये सोमबार वा मंगलबार भित्रैमा प्रशासन सेवातर्फबाट बढुवा हुन लागेका हुन । लोकसेवा आयोगका अध्यक्ष वा उनले तोकेका दुई सदस्य,एक जना विज्ञ सदस्य,मुख्यसचिव र सामान्य प्रशासनको सचिव रहेको बढुवा सिफारिस समितिले मंगलबार भित्रै प्रशासनतर्फका ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस हुनेछन् ।

प्रकाशित :२०७८ माघ २, आईतवार १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry