नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुला

काठमाडौं। आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ। लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो।

Advertisement 1

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो।

यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको राससलाई जानकारी दिए। त्यसनिम्ति सादा पोशाकमा प्रहरी परिचालन भएका छन्।

Advertisement 2

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो।

प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम