एउटै विधालयमा पढेका दुई सचिव

केशर कार्की

Advertisement 1

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् । जस्तो एकै जिल्लाका कर्मचारी एकै पटक देशका ९ जिल्लाका सिडीओ बनेर रेकर्ड कायम गरेका, श्रीमान श्रीमती नै सिडीओ बनेर रेकर्ड कायम गरेको त्यस्तै संयोग मिलेको छ एकै जिल्लाको एउटै विद्यालयमा पढेका २ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर रेकर्ड बनाएका छन् ।

स्याङ्जाको जनप्रदिप माध्यामिक विधालय चिलाउनेबासमा पढेका भरतराज पौडेल र एक नारायण अर्याल एउटै विद्यालयमा अध्ययनरत दुई जना अहिले एकै पटक निजामती सेवाको उच्च ओहदामा कार्यरत छन् ।

Advertisement 2

पौडेलले २०४० सालमा सो विधालयबाट एसएलसी उत्र्तीण गरेका थिए भने अर्यालले २०४१ सालमा । पौडेल हाल परराष्ट्र मन्त्रालयका सचिव हुन भने अर्या श्रम मन्त्रालयका सचिव हुन् । पौडेल पाकिस्तानका लागि राजदूतसमेत भएका थिए। निमित्त सचिव हुनुअघि सम्म उनी परराष्ट्र प्रवक्ता थिए।

०४४ सालमा नासु, ०४९ मा अधिकृत अधिकृत बनेका उनी दश वर्षपछि उनी परीक्षा पास गरेर परराष्ट्रको उपसचिव बनेका थिए। ०६६ सालमा सह सचिव र ०७७ सालमा सचिव भएका हुन् । उनले २०१० मा राहदानी विभागको महानिर्देशक भएका उनी २०१२ देखि २०१६ सम्म पाकिस्तानका लागि आवासीय राजदूत बनेका थिए। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट डिप्लोम्याटिक स्टडिजमा पोस्ट ग्रयाजुयट डिग्री गरेका छन् भने हेगको इन्टरनेशनल इन्स्टिच्युट अफ सोसल स्टडिजबाट इन्टरनेशनल डेभलपमेन्टमा मास्टर्स गरेका छन्।

Advertisement 3

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा अनुभव हासिल गरेका अर्यालले पछिल्लो समय नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छन् । पुतलीबजार, स्याङ्जामा जन्मिएका अर्यालले विगतमा गृह प्रशासनको अनुभव, कोलकाताको महावाणिज्य दूतावास, काठमाडौं महानगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरिसकेका छन् ।

प्रकाशित :२०८० बैशाख १७, आईतवार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry