सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

Advertisement 1

नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी विषयमा उजुरी परेपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो। छलफलपछि समिति सभापति भरतबहादुर खड्काले त्यससँग सम्बन्धित कागजात सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिए।

लोकतन्त्रको मूल्य, मान्यता विधि, प्रणाली, पद्धति र प्रक्रिया भएको उल्लेख गर्दै उहाँले त्यसअनुसार काम भए नभएको अध्ययनका लागि कागजात पेस गर्न प्राधिकरणलाई निर्देशन दिएको बताए।

Advertisement 2

आवश्यक कागजातको अध्ययनपछि समितिले आफ्नो कार्य क्षेत्रका आधारमा काम गर्ने जानकारी दिँदै सभापति खड्काले समिति अख्तियार वा अदालत नभएकाले कार्य क्षेत्रभित्रै रहेर काम गर्ने प्रतिबद्धता जनाए।

बैठकमा सांसद मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न काममा पटकपटक एउटै कम्पनीलाई ठेक्का दिएको, डिजिटल डेटा सुरक्षाको सुनिश्चितता नरहेको, विस्थापित हुन लागेको प्रविधि नेपालमा भित्र्याउन खोजिएको हो कि ? भनी प्रश्न उठाए।

Advertisement 3

प्रकाशित :२०८३ मंसिर ८ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]