४४ सार्वजनिक संस्थान : कुन अब्बल, कुन धराशायी ?

नेपालमा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये १९ वटा धरासयी र २४ वटा मात्रै नाफामा रहेका छन् । शनिबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरूको वार्षिक स्थिति समीक्षामा नोक्सानीमा सञ्चालित१९ संस्थानहरूको सञ्चित नोक्सान ३ ६१ प्रतिशतले बढ्दा सरकारको प्रशासनिक खर्च २ ३८ प्रतिशतले बढेको उल्लेख छ ।
गत आवमा सरकारले नेपाल दूरसञ्चार कम्पनीबाट पाँच अर्ब ४८ करोड ९८ लाख रूपैयाँ, नेपाल आयल निगमबाट १८ करोड ८१ लाख रूपैयाँ, कृषि विकास बैंकबाट ६४ करोड चार लाख रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट ३१ करोड ५० लाख रूपैयाँ र नेपाल स्टक एक्स्चेन्जबाट आठ करोड ७९ लाख रूपैयाँ मात्रै लाभांश प्राप्त गरेको हो ।

Advertisement 1

सरकारको लगानी रहेका ४४ संस्थानमध्ये सबैभन्दा बढी नाफा गर्ने संस्थानहरूमा पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, सबैभन्दा बढी खुद नाफा गर्ने संस्थानको दोस्रो नम्बरमा नेपाल विद्युत् प्रधिकरण रहेको छ । प्राधिकरणले गत आवमा ६ अर्ब ९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो, चौथो र पाँचौँ नम्बरमा तीन वाणिज्य बैंकहरू रहेका छन् ।

Advertisement 2

गत आवमा कृषि विकास बैंकले तीन अर्ब ५२ करोड ७५ लाख, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ४२ करोड ३६ लाख र नेपाल बैंकले दुई अर्ब ९६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

नेपाल दूरसञ्चार कम्पनीको सञ्चित नाफा ४५ अर्ब रुपैयाँभन्दा बढी छ ।

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार ०९:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry