पेन्सन खाता असारमसान्तसम्म नवीकरण गर्नु नपर्ने

निवृत्तिभरण अर्थात पेन्सनखाता आगामी असार मसान्तसम्म नवीकरण गर्नु नपर्ने भएको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीका दोश्रो लहरका कारण बैंकमा उपस्थित हुँदा भीडभाड हुने भएपछि महालेखा नियन्त्रक कार्यलयले खाता नबीकरण गर्नु नपर्ने व्यवस्था गरेको हो । पेन्सन खाता हरेक ६ महिनामा पेन्सन खाता अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

Advertisement 1

खाता नवीकरण नभएका पेन्सनरहरुलाई पनि नियमित रकम जम्मा गरिदिने र तिनका खाता महालेखा कार्यलयमार्फत नै सक्रिय गराई पेन्सन रकम लिन सकिने कार्यलयका प्रवक्ताद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यस अघि सरकारी सेवाबाट निवृत्त भइ पेन्सन लिइरहेका व्यक्ति आफैं बैंकमा उपस्थित भई बैंक खाता सक्रिया गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित :२०७८ बैशाख १७, शुक्रबार १५:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry