समस्याग्रस्त सहकारीका जग्गा लिलाममा, ३५ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न आह्वान

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण असुलीका लागि २ सहकारी संस्थाको नाममा रहेका चितवन र काभ्रेका जग्गा लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।
Advertisement 1
समितिले २०८३ असोज २७ गते सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, संस्था तथा बचतकर्तालाई ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको हो।
सहकारी ऐन, २०७४ तथा सहकारी नियमावली, २०७५ बमोजिम ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकबाट साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व असुल गर्न जग्गा लिलाम गर्न लागिएको समितिले जनाएको छ।
Advertisement 2
सूचनाअनुसार चितवनमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा रहेका तीन कित्ता जग्गा र काभ्रेमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा रहेको एक कित्ता जग्गा लिलाम बिक्रीका लागि राखिएको छ।
लिलाममा राखिएका जग्गाको न्यूनतम मूल्य सम्बन्धित सूचनामा तोकिएको छ। इच्छुक बोलपत्रदाताले तोकिएको न्यूनतम मूल्यभन्दा कम नहुने गरी बोलपत्र पेस गर्नुपर्नेछ।
Advertisement 3
समितिका अनुसार विस्तृत विवरण, बोलपत्र पेस गर्ने प्रक्रिया तथा अन्य सर्तहरू समितिको आधिकारिक वेबसाइट https://coopmc.gov.np/ मा उपलब्ध छन्।
समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारी पाएको समितिले कानुनी व्यवस्थाअनुसार ऋण असुलीको प्रक्रिया अघि बढाएको हो।















