रथी थापालाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

Advertisement 1

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हन्। मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो।

सोही अवसरमा उपरथीमा बढुवा हुनुभएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती भएका प्राविधिक महासेनानीत्रय जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको थियो। यसैगरी महासेनानीमा पदोन्नती हुनुभएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Advertisement 2

प्रकाशित :२०८३ मंसिर ८ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]