मुख्यसचिबको भन्दा ४२ गुणा बढी तलब बुझ्छन नीजि बैंकका सीइओ


Advertisement 1

सरकारी सेवामा कार्यरत कर्मचारीहरुको फर्ममेन्स किन राम्रो भइरहेको छैन् ?
कारण खोज्न पर जाँनै पर्दैन बैंक तथा बीत्तिय संस्थामा कार्यरत सीइओ र सरकारी कर्मचारीहरुको तलब स्केलबीचको अकाश जमिनको अन्तरलाई हेरे पुग्छ ।
हालै सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्य अधिकांशले आफ्नो बीत्तिय विवरण सार्वजनिक गरेका छन् ।
जस्लाई केलाउँदा सरकारका सचिव,मुख्य सचिवभन्दा बैंकका सीइओको तलब २० औं गुणाले बढी भेट्न सकिन्छ ।

कर्मचारीको उच्च ओहदामा कार्यरत मुख्य सचिवको तलब मासिक ६९ हजार ४ सय ८२ रुपैंया हाराहारी छ । यसमा भत्ता चाहिँ जोडिएको छैन् । सचिबको तलब अहिले ६४ हजार ७ सय २६ रुपैंया हाराहारी छ ।

Advertisement 2


नीजि लगानीका बैंक तथा बीत्त कम्पनीका सीइओहरुको तलब सरकारका मुख्य सचिव,सचिवले बुझ्ने तलब भन्दा सयौं गुणाले बढी देखिन्छ ।
जस्तो :- अघिल्लो आर्थिक बर्षमा प्रभु बैंकका सीइओ अशोक शेरचनको तलब सुविधा एक वर्षमा एक करोड १३ लाख रुपैयाँले बढेको छ। 

उनले गत आर्थिक वर्ष तलब भत्ताबापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ बुझे भने कर्मचारी बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ बुझेका छन्। यसबाहेक दसैं तथा बिदाबापतको भत्ता ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन्। उनले कुल बुझेको रकममा ३६ प्रतिशत आयकर पनि बुझाएका छन्। 

Advertisement 3

जस्को मोटामोटी हिसाब निकाल्दा उनको मासिक तलब २८ लाख ५७ हजार ६ सय ६७ रुपैंया हुन आउँछ । जबकी नेपाल सरकारको उच्च ओहदामा कार्यरत मुख्यसचिवको तलब ६९ हजार मात्र छ । जुन ४२ गुणाले बढी हो ।

यसैगरी अरु बैंकका सीइओका तलबमान हेर्ने हो भने सचिव, मुख्यसचिवको भन्दा बैंकको सीइओको तबल बिसौं गुणाले बढी भेटिन्छ ।

उसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता वापत बुझेको देखाइएको छ ।

अहिलेको सबैभन्दा बढी विवादित एनआइसी एसियाको सीइओ रोशन न्यौपानेले २ करोड ५० लाख बुझेको विवरण देखाइएको छ । एनआरएनवालाहरुको बैंक सानिमाका सीइओ भुवन दाहालले १ करोड ४६ लाख १५ हजार रुपैयाँ बुझेको उस्को बार्षिक प्रतिवेदन पल्टाउदा भेटिन्छ । यस्तै एनएमबीका सीइओ सुनिल केसी २ करोड ९ हजार ९०५ रुपैयाँ तलब लिएको,नबिल बैंकका सीइओ अनिल शाहले १ करोड ६२ लाख रुपैयाँ तलब भत्ता वापत बुझेका विवरण सार्वजनिक भएको छ अनि बैंक अफ काठमाण्डौका सीइओ शोभनदेव पन्तले २ करोड ८१ लाख ३ लाख ७९० रुपैयाँ बुझेको,माछापुच्छ्रेका सीइओ सन्तोष कोइरालाको तलबमा २ करोड २३ लाख रुपैयाँ खर्च गरेको विवरण देखाइएको छ ।

अधिकांश बैंकहरुले सीइओको तलबमा करोडौं खर्च गरेका छन् । उता लफडामा चलिरहेको सनराइज बैंकको सीइओको तलब अघिल्लो आर्थिक बर्षको भन्दा सात लाखले बढेको छ ।
सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले आफ्नो तलब ७ लाख रुपैयाँले बढाएर एक करोड ३५ लाख रुपैयाँ तलब सुविधावापत पुर्याएका छन । अघिल्लो बर्ष बैंकको रत्नराज बज्राचार्य हुँदा उनले एक करोड २७ लाख रुपैयाँ तलबभत्ता बुझेका थिए ।

प्रकाशित :२०७७ माघ ४, आईतवार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry