कर्मचारीलाई तलब खुवाउन समेत विदेशबाट माग्नुपर्ने बेला भइसक्यो, देश कसरी बन्छ ?
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउनका लागि समेत विदेशीसँग ऋृण माग्नुपर्ने चिन्ताजनक अबस्थामा मुलुक पुगेको बताएका छन् । देशको यस्तो स्थिती हुनुमा राजनीतिक दलमात्र जिम्मेवार हो वा कर्मचारी पनि भन्दै प्रश्न गरेका छ ।
Advertisement 1
निजामती कर्मचारीको १९ औं दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले देशको यो दुगर्तिको जिम्मेवार को हो भन्दै प्रश्न गरेका छन् । उनले कर्मचारीको सहयोगबिना मुलुक अघि बढ्न नसक्ने बताउँदै देश निर्माणमा सबै जिम्मेवार र एकजुट हुनुपर्ने बताएका हुन । प्रधानमन्त्री देउवाले कर्मचारी दुर्गममा जानै नचाहने र सुगममै बसेर सेवा गर्ने चाहने प्रवृत्तिका कारण सेमत मुलुक अघि बढ्न नसकेको बताएका छन् ।
देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्यूरोकेसी पनि हो ? किन काम भइरहेको छैन ? छलफल गरौँ । नेताहरू पाँच वर्ष जितेर आउँछ, हार्ने बस्छ । तपाईहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ देशको । ब्यूरोकेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । तपाईहरू नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ।
Advertisement 2
उनले स्थानीय, प्रदेश र केन्द्रिय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसक्नु दुखको कुरा भएको प्रधानमन्त्रीको भनाइ थियो ।