लेखा र राजस्व समूहका १६ जना उपसचिवमा बढुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहका १६ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

Advertisement 1

बढुवा सिफारिस समितिको बिहीबारको बैठकले कार्यक्षमताका आधारमा लेखाका १२ र राजस्वका ४ गरी १६ जनालाई बढुवा सिफारिस गरेको हो ।

समितिले लेखा समूहका भाष्कर शर्मा नेपाल, यादवप्रसाद न्यौपाने, तुकमान पुनमगर, अशोककुमार गिरी, छविन्द्र बेल्वासे, विष्णुप्रसाद ज्ञवाली, चन्द्रबहादुर सुवेदी, दीपबहादुर थापा, यज्ञराज उप्रेति, होमप्रसाद खतिवडा, चेतराज जोशी र ताराप्रसाद पोखरेललाई बढुवा सिफारिस गरेको हो ।

Advertisement 2

राजस्व समूहका शोभाकर खनाल, लक्ष्मीकुमार रिमाल, युवराज बस्नेत र सुजितकुमार सिंह पनि बढुवामा परेका छन् ।

प्रकाशित :२०७८ माघ २८, शुक्रबार १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry