परराष्ट्र सेवाका ३ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

परराष्ट्र सेवाका तीन जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् ।
सिफारिस समितिले परराष्ट्र सेवाका तीन शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । समितिको बुधबार बसेको बैठकले कार्यक्षमता मुल्यांकनमा आधारमा मन्त्रालयका तीन शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस भएकाहरुमा ललीता सिलवाल,मुदिता बज्राचार्य र सीता बस्नेत छन् । यस अघि अघिल्लो साता जेष्ठताका आधारमा तीन अधिकृतहरु कुल बहादुर मगर,शिवानी बस्नेत र सबिता नकर्मी उपसचिवमा बढुवा भएका थिए ।
Advertisement 1
Advertisement 2
यस अघि मनत्रालयका ५ उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका थिए । जेष्ठता,कासमु र कार्यक्षमता मुल्यांकनका आधारमा राप प्रथम श्रेणीमा कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीका साथैं सुधिर भट्टराई,घनश्याम लम्साल र तेजबहादुर क्षेत्री बढुवा सिफारिस भइसकेका छन् ।