बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौं। जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो। यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन।

Advertisement 1

जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन्।

उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन। त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए।

प्रकाशित :२०८३ आश्विन ७, बुधबार १५:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम