विश्वभाषा क्याम्पसमा सहायक क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौं। त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायको विश्वभाषा क्याम्पसले सहायक क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। क्याम्पसले रिक्त रहेका सहायक क्याम्पस प्रमुखका दुई र विद्यार्थी कल्याण प्रमुखको एक पदमा नियुक्तिका लागि इच्छुक शिक्षकहरूबाट आवेदन माग गरेको हो। क्याम्पस प्रशासनले जारी गरेको सूचनाअनुसार त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा अध्यापनरत योग्यता पुगेका शिक्षकहरूले आगामी २०८३ मंसिर १० गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ।
Advertisement 1
सहायक क्याम्पस प्रमुख पदका लागि विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी कार्यविधि, २०८१ को विनियम ४४ को उपविनियम १ बमोजिम योग्यता पुगेका शिक्षकले आवेदन दिन सक्नेछन्।
त्यस्तै, विद्यार्थी कल्याण प्रमुख पदका लागि पनि विश्वभाषा क्याम्पस तथा त्रिभुवन विश्वविद्यालयका अन्य आंगिक क्याम्पसमा प्राध्यापनरत इच्छुक शिक्षकहरूबाट आवेदन माग गरिएको छ। दरखास्तसँगै विनियम ४४ को उपविनियम २ अनुसार आवश्यक कागजातसमेत पेस गर्नुपर्ने क्याम्पसले जनाएको छ। पदका लागि आवश्यक योग्यता, नियुक्ति प्रक्रिया तथा अन्य विस्तृत जानकारी क्याम्पस प्रशासनबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ। दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर १० गते रहेको छ।
Advertisement 2










