राससले करारमा ९ कर्मचारी माग्यो, विभिन्न पदमा अवसर

काठमाडौ। राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदमा करार सेवामार्फत कर्मचारी पदपूर्ति गर्ने भएको छ। समितिले रिक्त रहेका ९ पदमा कर्मचारी नियुक्तिका लागि इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। राससले २०८३ कात्तिक ३० गते पहिलोपटक सूचना प्रकाशित गर्दै भिजुअल एडिटर र छायाँकार पदमा आवेदन माग गरेको छ।

Advertisement 1

समितिका अनुसार अधिकृतस्तर छैटौँ तहमा १ जना भिजुअल एडिटर, सहायकस्तर पाँचौँ तहमा ३ जना भिजुअल एडिटर र सहायकस्तर चौथो तहमा ५ जना छायाँकार नियुक्त गरिनेछ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ। उम्मेदवारले राससको केन्द्रीय कार्यालय भद्रकाली प्लाजा, काठमाडौँमा भौतिक रूपमा उपस्थित भएर वा प्रशासन शाखाको इमेलमार्फत आवेदन दिन सक्नेछन्।

इमेलमार्फत आवेदन दिने उम्मेदवारले राससको वेबसाइटमा प्रकाशित दरखास्त फाराम भरी आवश्यक कागजातसहित एउटै पीडीएफ फाइल बनाएर mailto:[email protected] मा पठाउनुपर्नेछ। उक्त फाइलको आकार २ एमबीभन्दा कम हुनुपर्ने सूचनामा उल्लेख छ।

Advertisement 2

तोकिएको म्याद नाघेर प्राप्त भएका तथा रीत नपुगेका दरखास्तमाथि कुनै कारबाही नगरिने राससले जनाएको छ। पदअनुसार आवश्यक योग्यता, दरखास्त फाराम तथा पदपूर्तिसम्बन्धी विस्तृत जानकारी राससको आधिकारिक वेबसाइट https://rssnepal.org.np/publication मा उपलब्ध गराइएको छ।

Advertisement 3

प्रकाशित :२०८३ कार्तिक ३० गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]