पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको निर्देशन

काठमाडौं। वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर हालसम्म सम्पर्कमा नआएका व्यक्तिलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ।

Advertisement 1

विभागले आइतबार सूचना जारी गर्दै वैदेशिक रोजगार न्यायाधिकरणको अनुमति लिएर विभिन्न मितिमा पक्राउ पुर्जी जारी गरिएका व्यक्तिलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्पर्कमा आउन भनेको हो।

विभागका अनुसार तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम थप कारबाहीको प्रक्रिया अघि बढाइनेछ।

Advertisement 2

विभागले सम्पर्कमा नआउने व्यक्तिहरूको बैंकिङ कारोबार हुने खाता रोक्का गर्ने, यात्रा अनुमति रोक्का राख्नेलगायतका आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने जनाउँदै विभागले पक्राउ पुर्जी जारी भएका सम्बन्धित व्यक्तिलाई समयसीमाभित्र उपस्थित हुन सूचित गरेको छ।

Advertisement 3

वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंले २०८३ कात्तिक ९ गते जारी गरेको सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराएको हो।

प्रकाशित :२०८३ कार्तिक १० गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]