स्वतन्त्र निजामती कर्मचारी अभियान शुरु,संयोजक तोकिए पशुपति पोखरेल

निजामती कर्मचारीको मुद्धा उठान गरी सम्बन्धित ठाउँमा झकझकाउने उदेश्यका साथ स्वतन्त्र निजामती कर्मचारी अभियान शुरु भएको छ । राजधानीमा एक कार्यक्रमका बीच पशुपति पोखरेलको संयोजकत्वमा २१ सदस्यीय सचिवालय रहनेगरी संघर्ष समिति गठन भएको हो ।
अहिले नेपालमा कर्मचारीसँग सम्बन्धित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,एमाले निकट नेपाल निजामती कर्मचारी संघठन,कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ),माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती र मधेस निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च लगायतका संगठनहरु अस्तित्वमा छन् । यी संघ संघठनहरुले कर्मचारीको मुद्धाको उठान गर्ने तर निकास नदिने, संगठनले उठाएको मुद्धा,दलीयकरणका कारण छोडिदिने गर्न प्रवृत्ति बढेपछि त्यसलाई निराकरण गर्न र कर्मचारीको मुद्धाको उठान गरी त्यसलाई निकास दिने उदेश्यले स्वतन्त्र निजामती कर्मचारी अभियान शुरु भएको अभियानका संयोजक पशुपति पोखरेलले इकर्मचारीलाई जानकारी दिनुभयो ।

Advertisement 1

No photo description available.

अर्काेतिर स्थानीय तहमा जति नयाँ भर्ना भएका कर्मचारीहरु छन् । उनीहरु निजामती किताबखानामा दर्ता हुने तर आधिकारिक ट्रेड युनियनको अधिकार नपाउने स्थिती छ । यस्तै संघीय निजामती सेवा ऐन अनुसार नियुक्ति लिएका ती कर्मचारीहरुलाई ऐन अनुसार अधिकार दिएको छैन् । वृत्ति विकासमा समेत असर पुगिराखेको स्थिती छ ।

Advertisement 2

No photo description available.
यस अघि कर्मचारी समायोजनमा ज्यादती भएपछि र राजपत्रअनकित कर्मचारीहरुले अभियानै चलाएका थिए । तर त्यस्को नेतृत्व कस्ले गर्ने ? आन्दोलनलाई संस्थागत गर्ने बिषय निष्कर्षमा पुग्न सकेन बरु दल र कर्मचारी युनियनहरुले नै सो आन्दोलन निस्तेज पार्न लागे ।
यी सबै बिषयलाई मध्यनजर गर्दै प्रारम्भमा संयोजक नै तोकेर २१ सदस्यीय समिति बनाइएको र अबको केही दिनमा नै १०१ सदस्यीय संघर्ष समिति बनाउने तयारी भइरहेको संयोजक पोखरेलको भनाई छ ।अभियानलाई पूर्णता दिन र सङ्घर्ष समितिमा आवद्ध हुन चाहनु हुने कर्मचारीहरुले अभियानका सारथीहरु महेश निरौला,मिन बहादुर बिक , दिपेश पोखरेल खार्पाली र बिनोद आचार्यलाई नाम टिपाउन अनुरोध समेत गरेको छ ।
हिजोको बैठकमा विभिन्न ५ प्रस्ताव माथि छलफल भएको जनाइएको छ ।

प्रकाशित :२०७८ असार ७, सोमबार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry