विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

काठमाडौं। ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट सङघ (क्यान)ले आज १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

Advertisement 1

यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन्। उक्त शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल समावेश छन्।

प्रकाशित :२०८३ आश्विन १६, शुक्रबार १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम