७ इन्जिनियर सेवाबाट बर्खास्त

काठमाडौं। पूर्वाधार विकास मन्त्रालयले ७ जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ। लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा मन्त्रालयले उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरेको हो।

Advertisement 1

मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको हो।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको कसुरमा कारबाहीमा परेका छन्। उनीहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, संयोग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेल रहेका छन्।

Advertisement 2

त्यस्तै, पदमन्द्रप्रसाद श्रेष्ठलाई स्वीकृतिबिना बिदामा बसेर कार्यालयमा अनुपस्थित रहेको कसुरमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) अन्तर्गतका कसुरमा ऐनको दफा ५९ को खण्ड (ख)(१) बमोजिम उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरेको हो।

Advertisement 3

यद्यपि, उनीहरूलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले स्पष्ट पारेको छ। अर्थात्, सेवाबाट हटाइए पनि उनीहरूलाई भविष्यमा सरकारी सेवामा प्रवेश गर्न स्थायी रूपमा अयोग्य हुने गरी कारबाही गरिएको छैन।

मन्त्रालयले २०८३ मंसिर २ गते सार्वजनिक गरेको सूचनामार्फत उक्त निर्णयबारे जानकारी गराएको हो।

प्रकाशित :२०८३ मंसिर २ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]