पूर्वाधार विकास मन्त्रालयद्वारा ३६ इन्जिनियरको सरुवा, पदस्थापन र जिम्मेवारी हेरफेर

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाअन्तर्गतका ३६ जना इन्जिनियरको सरुवा, पदस्थापन तथा कामकाजको जिम्मेवारी हेरफेर गरेको छ।
Advertisement 1
मन्त्रालयको २०८३ असोज २७ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।
निर्णयबाट स्थानीय पूर्वाधार विकास विभाग, विभिन्न पूर्वाधार विकास डिभिजन, पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक सुधार आयोजनामा कार्यरत इन्जिनियरहरूको कार्यक्षेत्र फेरिएको छ।
Advertisement 2
मन्त्रालयले केही वरिष्ठ डिभिजनल इन्जिनियर (सिनियर डिभिजनल इन्जिनियर) लाई विभिन्न पूर्वाधार विकास डिभिजनको प्रमुखका रूपमा खटाएको छ। त्यस्तै, केही इन्जिनियरलाई निमित्त डिभिजन प्रमुखको जिम्मेवारी दिइएको छ।
सरुवा तथा पदस्थापनसँगै मन्त्रालयले मातहतका विभिन्न कार्यालय र आयोजनामा कार्यरत प्राविधिक जनशक्तिको जिम्मेवारी पुनव्र्यवस्थित गरेको छ।
Advertisement 3
मिति-२०८३०६२७-को-सरुवा-विवरण (2)














