प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा अर्चना गरी दर्शन गरेका छन्।
Advertisement 1
बडादसैँको चौथो दिन आज प्रधानममन्त्री शाहले पलाञ्चोक भगवतीको दर्शन गर्नुभएको पाँचखाल–९ का अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुसार प्रधानमन्त्री बिहान १०ः०० बजे भगवती दर्शनका लागि त्यहाँ पुगेका थिए।
Advertisement 2
प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार पनि थिए।
प्रकाशित :२०८३ आश्विन २८, बुधबार १३:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














