काज फिर्तासम्बन्धी मन्त्रालयको पक्षपातपूर्ण र दोहोरो नीति :-सयौंको जागिर धरापमा
काजका कर्मचारी फिर्ता गराउने निर्णयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोहोरो र पक्षपात पूर्ण नीति लिएको देखिन्छ । यस अघि कडाइका साथ काजमा कार्यरत कर्मचारीहरु फिर्ता पठाउन परिपत्र गरेको मन्त्रालयले स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको हकमा भने काज फिर्ताको निर्णयबाट व्याक भएको छ ।
Advertisement 1
मन्त्रालयले यस अघि स्वास्थ्य बीमा बोर्डमा काजमा कार्यरत कर्मचारीहरुको काजफिर्ता गर्नका लागि पत्राचार गरेको थियो । यो निर्णयबाट मन्त्रालय तत्कालका लागि व्याक भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै काज फिर्ता रोकेको हो ।
मन्त्रालयले शाखा अधिकृत बैकुण्ठराज रेग्मी हस्ताक्षरित पत्रमा भनिएको छ त्यहाँको सिफारिस एवं अनुरोध अनुसार खटाइएका कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म यथावत रुपमा काममा लगाउनु हुन यस मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध छ ।मन्त्रालयको यो निर्णय पछि स्वास्थ्य बीमा वोर्डमा कार्यरत ८० बढी काजका कर्मचारी काजमा रहेको जनाइएको छ ।
Advertisement 2
मन्त्रालयका यो निर्णयलाई स्वास्थ्यकर्मीहरु लै विरोध जनाएका छन् । यस अघि मन्त्रालयले दुगर्ममा दरबन्दी राखेर सुगममा काजमा कार्यरत कर्मचारीहरुलाई काज फिर्ता पठाउन कडा परिपत्र गरेको थियो ।
मन्त्रालयले अहिले कोभिड १९ को महामारी सकिएको लामो समय भइसक्दा समेत कोभडिका समयमा उक्त रोगको रोकथाम, नियन्त्रण तथा उपचार प्रयोजनको लागि समायोजन भएको तह र निकायमा दरबन्दी राखि संघ, प्रदेश र स्थानीय तहहरूको विभिन्न निकायहरुमा कामकाजमा खटाईएकोमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निजहरुको दरबन्दी रहेको तह तथा निकायहरूमा काज फिर्ता गर्ने असार २५ को निर्णय कार्यान्वयनको लागि अनुरोध गर्दै सबै निकायहरुलाई परिपत्रै गरेको थियो ।
मन्त्रालयको कडा परिपत्र पछि लिलोत्तमा नगरपालिकाले २७ जना, स्वास्थ्य सेवा विभागले २२ जना, कागेश्वरी मनोहरा नगरपालिकाले २१, आयुर्वेद चिकित्सालयले ५ जना, पोखरा महानगरपालिकाले ४४ जना, बुटवल उपमहानगरपालिकाले २६ जना, रास्कोट नगरपालिकाले १२ जना, कोहलपुर नगरपालिकाले १९ जना, मिथिला बिहारी नगरपालिकाले ७ जना, विराटनगर महानगरपालिकाले १० जना कर्मचारीलाई काज फिर्ता गरेका छन् ।
तर अहिले मन्त्रालयले गरेको निर्णय पक्षपातपूर्ण भन्दै तिव्र आलोचना भइरहेको छ । यसरी काज फिर्ता बोलाएर स्वास्थ्यमा तानिएका दर्जनौं कर्मचारीहरु अहिले अलपत्र परेका छन् ।
Advertisement 3
उता पाँच बर्ष अगाडि गरिएको स्वास्थ्यका कर्मचारीहरुको समायोजनको भद्रगोल सामाधान हुन नसक्दा त्यहाँ सयौं कर्मचारी घर न घाटको स्थितीमा पुगेका छन् ।
यसरी फिर्ता हुनेमध्ये कतिपयले हाजिर गर्न पाएका छैनन् ।अतिरिक्त समूहमा रहेका दर्जनौं कर्मचारीहरुले हाजिरसम्म गर्न नपाएका कारण उनीहरुको जागिर समेत धरापमा पर्ने स्थिति देखिएको छ ।