कार्कीको कृषि मन्त्रालयमै पदस्थापन
गत बिहिबार सचिवमा बढूवा भएका डा योगेन्द्र कुमार कार्कीको पदस्थापन कृषि मन्त्रालयमै भएको छ । हिजो मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेका हुन्। सचिव रिक्त भएको झण्डै महिना दिन पछि सचिव बढूवा सिफारिस समितिले बढूवाका लागि उनको नाम सिफारिस गरेको थियो । जेष्ठताका आधारमा २० प्रतिशतबाट उनी सचिवमा बढूवा भएका हुन् ।
Advertisement 1
पदभार ग्रहण कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयमा सह सचिवहरु लगायतका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। उनी सोही मन्त्रालयमा वरिष्ठ सहसचिवका रुपमा कार्यरत थिए । यसअघि डा कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा सेवारत थिए । यसअघि डा।कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको नेतृत्व गरेका थिए।
डा कार्कीले कृषि अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनी नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष हुन् । त्यस्तै उनी अन्तरराष्ट्रिय प्रसार शिक्षा समाजका उपाध्यक्षका रुपमा पनि सक्रिय छन् ।