सरकारलाई टेर्दैनन् कर्मचारी : न पोसाक लाउँछन्, न समयमै आउँछन्

पोशाकको लागि सरकारबाट बार्षिक १० हजार भत्ता बुझ्ने तर ‘हिरोइजम’ देखाउँदै चुल्ठेमुन्द्रे शैलीमा सरकारी कार्यालयमा पुग्ने कर्मचारीहरुकै बिगबिगी देखिन्छ अचेल सरकारी कार्यालयतिर ! एउटा सरकारी निकायले गरेको अनुमगनको क्रममा अधिकांश सरकारी कर्मचारी बाहिरी पोशाक लगाएर कार्यालय जाने, पूरै समय कार्यालय नबस्ने, आफूखुशी हिँड्ने, बाहिरी पोशाक लगाएर बार्गेनिङ धन्दा चलाउने गरेको भेटिएको हो ।

Advertisement 1

कर्मचारीहरुको भत्ता कटौती भनिए पनि बजेटको शीर्षक नम्बर २११३० अन्तर्गत १० किसिमका भत्ताका लागि झण्डै मात्र १३ अर्ब रुपैंया छुट्टाइएको भेटिएको छ । जसमध्ये कर्मचारीको पोसाक शीर्षकमा ५ अर्ब १२ करोड ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । निजामती कर्मचारी पुरुषका लागि गाढा नीलो प्यान्ट, सेतो सर्ट, गाढा नीलो कोट तथा कालो जुत्ता अनिवार्य छ । यस्तै महिला निजामती कर्मचारीलाई गाढा नीलो प्यान्ट, सेतो सर्ट, गाढा नीलो कोट, कालो जुत्ता, स्याण्डल वा आकासे गाढा नीलो सारी, गाढा बैजनी रंगको सारीको पारी, पारीअनुसारको ब्लाउज वा आकाशे गाढा नीलो कुर्ता तथा गाढा बैजनी सादा सलवार र सल लगाउन तोकिएको छ । तर पोशाक भत्ता बुझ्ने अनि टिर्सट र जिन्स प्यान्टमा ठाँटिएर सरकारी अड्डा धाउने कर्मचारीहरू बोलबोला देखिएको हो । सरकारले तोकेको पोशाक लगाएपछि कर्मचारी भनेर सबैले चिन्ने हुँदा कार्यालय समयमा मनलाग्दी हिँड्न नपाइनेदेखि घुसको बार्गेनिङ गर्ने समेत अप्ठ्यारोमा पर्ने भएका कारण आउट पोशाकमा ठाँडिएर सरकारी कार्यालयमा पुग्ने कर्मचारीहरु बढ्दै गएको प्रति एउटा सरकारी निकायले चिन्ता प्रकट गरेको छ ।

Advertisement 2

जसरी नोपली सेना,प्रहरी डक्टर,नर्सहरूको ड्रेस कोड छ उही ढंगले निजामती कर्मचारीहरुका लागि ड्रेस कोड निर्धारण गरिएको थियो ०६८ साउन १ गतेबाट । तर सरकारी पोशाक लगाएर घुस बार्गेनिङ गर्दा पहिचान खुल्ने भयले विशेष गरी यातायात, मालपोत, भन्सारलगायत मालदार स्थानमा कार्यरत कर्मचारीहरूले तोकेको पोशाक लाउन आनाकानी गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रकोे एक अध्ययनले समेत देखाएको छ ।

Advertisement 3

केन्द्रले ४७ कार्यालयमा गरेको अनुगमनमा १५० कर्मचारीहरु आउट ड्रेसमा कार्यालय पुगेको र ८८९ कर्मचारी कार्यालयमा समयमा कार्यकक्षमा नभेटिएको जनाएको छ । तोकिएका पोशाक नलगाई बाहिरी लुगामा कार्यलयमा पुग्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गुणस्तर तथा नापतौल विभाग,मालपोत कार्यालय कलंकी,वैदेशिक रोजगार विभाग,शहरी विकास तथा भवन निर्माण विभाग,निजामती अस्पताल,गृह मन्त्रालयका कर्मचारीहरु धेरै छन् ।
सतर्कता केन्द्रका विवरण अनुसार,आउट पोशाकमा कार्यालय पुग्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १५ कर्मचारी सोही मातहतको राष्ट्रिय सतर्कता केन्द्रको छड्केमा परेको हो । यस्तै,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२,कान्ति बाल अस्पताल र संघीय मामिला तथा सामान्य प्रशासन र नेपाल नापतौल तथा गुणस्तर विभागका ११÷११,निजामती अस्पतालका ९,मालपोत कार्यालय,कलंकीका ८, शहरी विकास तथा भवन निर्माणका ७,कम्पनी रजिष्ट्रारका ४ गरी १५० कर्मचारी छड्केमा परेका हुन । यस्तै कार्यालय समयमा कार्यकक्षमा नभेटिएका कर्मचारीहरुको संख्या ८८९ रहेको छ । सबैभन्दा धेरै निजामती अस्पतालका १९४ कर्मचारी फन्दामा पर्दा संघीय मामिला तथा सामान्य प्रशासनका ८१,गृह मन्त्रालयका ५८,कृषि तथा पशुपक्षी मन्त्रालयका ५४,शिक्षा मन्त्रालयका ५३,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका ३२,वन तथा वातावरणका ३१ कर्मचारीहरु छड्केमा परेका हुन । यस्तै,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २९,टोखा नगरपालिकाका २४ कर्मचारीहरु पनि यही समयमा छड्केमा परेका थिए ।

उता संघीय मामिला तथा सामान्य प्रशासनका कर्मचारीहरु कार्यालय समयमा कार्यकक्षमा नभेटिएको गुनासो बढे पछि सोमबार बिहानै आन्तरिक छड्के गर्दा १०३ कर्मचारीहरु सोमबार छड्केमा परे । लोकसेवाका गुरुका रुपमा चिनिएका सामान्यका कर्मचारी प्रशासनका हाकिम हेमराज तमाङसमेत फन्दामा परे । छड्केमा परेर हाजिरीमा रातो लाग्नेमा सबैभन्दा धेरै नासु र सहायक स्तरका कर्मचारी ४१, ३६ जना पर्दा अधिकृत तहका २३ जना उपसचिव र सहसचिव तहका हेमराज तमाङको समेत हाजिरीमा रातो लगाइएको हो ।

प्रकाशित :२०८० जेष्ठ ३१, बुधबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry