राहदानी र कन्सुलर सेवाका लागि वृहत घुम्ती शिविर सञ्चालन हुने

काठमाडौं। जापानस्थित नेपाली राजदूतावासले जापानको ठूलो सहर नागोयामा २०२६ अप्रिल ४ देखि ७ सम्म चार दिने वृहत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

Advertisement 1

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जापान तथा क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा दूतावासले घुम्ती शिविर सञ्चालन गर्न लागेको जनाएको छ।
उक्त घुम्ती शिविरमा विद्युतीय राहदानी नवीकरणका लागि ‘लाइभ इन्रोलमेन्ट’ कार्य, बच्चाको राहदानी नयाँ आवेदन तथा नवीकरण, यात्रा अनुमतिपत्र, अधिकृत वारेशनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायत सेवाहरु प्रदान गरिने छ।

विद्युतीय राहदानी नवीकरण÷नयाँ जारीका लागि १ हजार ६०० स्लट खुलाइएकामा सबै स्लट बुक भइसकेको र आवश्यकताअनुसार थप स्लट आज बेलुका ५ बजे खुलाइने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement 2

यस कार्यका लागि राहदानी विभागबाटसमेत २ जना कर्मचारी जापान जाने कार्यक्रम तय भएको छ। साथै, यस घुम्ति शिविरमा लिइएका आवेदनबाट तयार भई आएका राहदानी तथा अन्य कागजात सम्बन्धित सेवाग्राहीकै घर ठेगानामा पठाइने छ।

नेपाल सरकार÷नेपाली राजदूतावासबाट निर्धारित राजस्व बाहेक कही, कतै, कुनै पनि रकम नबुझाउन र नलिन तथा उक्त राजस्व पनि सम्बन्धित स्थानमा मात्र बुझाउन दूतावासले जानकारी गराएको छ।
–––

प्रकाशित :२०८२ चैत्र १६, सोमबार १५:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry