कर्मचारी दुर्घटनामा, मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म

नयाँ वर्षको दिन स्वर्गद्धारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

Advertisement 1

मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। नयाँ वर्षको दिन पारेर धार्मिक तीर्थस्थल स्वर्गद्वारी घुम्न निस्किएका कर्मचारी सवार लु. १ च १६५५ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।

दुर्घटनामा प्रशासकीय अधिकृत श्याम न्यौपाने, खरिदार ईश्वरी भण्डारी , कम्प्युटर अपरेटर सूर्य पन्थी र जिप चालक केशव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक कार्की मुसिको ३, सूर्य पन्थी रेनपा ७, ईश्वरी भण्डारी धुर्कोट ७ र श्याम न्यौपाने स्याङ्जा कालीगण्डकी निवासी हुन् ।

Advertisement 2

स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्रीकोटदेखि माथि पानीमाथी भन्ने ठाउँमा सो दुर्घटना भएको जनाइएको छ । घटनास्थलमा स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार छन् । त्यस्तै, २३ वर्षीय सुुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे छन् ।

Advertisement 3

 

प्रकाशित :२०७८ बैशाख १, बुधबार १६:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry