१ सिडिओसहित २ उपसचिवको सरुवा

काठमाडौं। १ जना प्रमुख जिल्ला अधिकारीसहित २ उपसचिवको सरुवा गरिएको छ। गृह मन्त्रालयले म्याग्दीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीलाई मन्त्रालयमा फिर्ता बोलाउँदै मन्त्रालयका सूचना अधिकारीसमेत रहेका उपसचिव रवीन्द्र आचार्यलाई म्याग्दीको प्रजिअको जिम्मेवारी दिएर पठाएको हो। तत्कालीन गृहमन्त्री रमेश लेखकका निजी सचिव रहेका तिवारी भिजिट भिसा प्रकरण सतहमा आएपछि म्याग्दीको प्रजिअमा गएका थिए।
Advertisement 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित आधा दर्जनभन्दा बढी व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै मन्त्री लेखकको टिमका अधिकारीहरूमाथि अनुसन्धान जारी रहेको जनाएपछि तिवारीलाई फिर्ता गरिएको गृह प्रशासन स्रोतले जानकारी दिएको छ।
आचार्यलाई प्रजिअ बनाई पठाइएसँगै मन्त्रालयकै उपसचिव रमा आचार्य (सुवेदी)लाई गृह सूचना अधिकारीको जिम्मेवारी दिइएको छ।
Advertisement 2














