राष्ट्रपतिद्वारा ६८१ जना कैदीबन्दीको कैद कट्टा, २१ जनाले पाए माफी
राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न कारागारमा रहेका ६८१ जना कैदीबन्दीको कैद कट्टा गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका उनीहरुको कैद मिनाहा गर्नुभएको छ ।
Advertisement 1
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका छ सय ८१ कैदीलाई माफी दिनुभएको छ ।
Advertisement 2
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ। त्यस्तै २१ जनाले सजाय माफी पाएका छन्।