जो अगुवा उही बाटो…….

नेपालीमा एउटा उखान छ, जो अगुवा त्यहि उही बाटो……. यही उखानसँग मेला खान्छ इस्मा गाउँपालिकाका जनप्रतिनिधिमा । गाउँपलिकाले रोक लगाएको मदिरा बिक्री वितरणमा जनप्रतिनिधि नै संलग्न रहेको पाइएको छ। कार्यपालिका सदस्य कमला पराजुली गाउँपालिकाले रोक लगाएको सोफी व्राण्डको कमसल मदिराको लुकिछिपी बिक्री वितरण गर्दै आएको खुलेको हो।

Advertisement 1

सदस्य पराजुलीले सदरमुकाम तम्घासबाट घरमा ल्याउँदै गरेको १० कार्टुन सोफी व्राण्डको मदिरा बिहीबार प्रहरीले बरामद गरेको छ। गाउँपालिकाले बिक्री वितरणमा रोक लगाएको मदिरा ल्याउँदै गरेको थाहा पाएपछि प्रहरी परिचालन गरी बरामद गरिएको उपाध्यक्ष विमला खत्रीले बताइन्। यस्तै, वडा नम्वर १ का वडा अध्यक्ष चुराबहादुर खत्रीको गाडीले ल्याउँदै गरेको पाँच कार्टुट सोही ब्राण्डको मदिरा पनि बरामद गरिएको उपाध्यक्ष खत्रीले बताइन्। बरामद गरिएको मदिरालाई गाउँपालिकामा राखीएको र त्यसलाई नष्ट गरिने बताइएको छ। गाउँपालिकाले रोक लगाएको मदिरा बिक्री वितरण गर्नेलाई कडा रुपमा कारवाही गर्ने उपाध्यक्ष खत्रीको भनाइ छ।गाउँपालिकाभित्र मदिराका कारण झगडा भएको र पारिवारिक रुपमा पनि समस्या आउने भएकाले मदिरा बेचबिखनमा कडाइ गरिएको उनको दाबी छ। यता कार्यपालिका सदस्य पराजुलीले आफू घरमा नभएको बेला श्रीमानले मदिरा मगाएको बताएकी छन्। उनले भनिन्, ‘कार्यपालिकाले गरेको निर्णयलाई अटेर गरेको नभई घरमा काम गर्ने खेतलालाई काम गरेपछि एक÷दुईवटा आश गर्ने भएकाले श्रीमानले ल्याउन लगाएका रहेछन्।’ गाउँपालिकाले कहिले काहीँ मात्रै मदिरा बेचबिखनमा कडाई गर्ने भन्दै निरन्तर रुपमा अनुगमन गर्नुपर्ने उनको सुझाव छ।

प्रकाशित :२०७७ फाल्गुन २८, शुक्रबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry