स्वास्थ्य सचिव गुरागाईंले लिइन् अवकाश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले उमेर हदका कारण पदबाट अवकाश लिएकी छन्।
Advertisement 1
उनको अवकाश बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो । गुरागाईं २०७८ माघदेखि स्वास्थ्य मन्त्रालयमा सचिव थिइन्।
२०५१ सालमा प्राविधिक सहायकबाट जागिर सुरु गरेकी उनी २०५४ सालमा अधिकृत, २०६५ सालमा उपसचिव र त्यसपछि ११ महिनामै सहसचिव भएर काम गरेकी थिइन् ।
प्रकाशित :२०८० फाल्गुन २४, बिहीबार १२:१८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%