२ करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ
राजस्व अनुसन्धान विभागले २ करोड नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ।
Advertisement 1
विभागको टोलीले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि निगरानी गरिएको थियो।
Advertisement 2
उनीबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ। विभागका अनुसार अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको छ ।
प्रकाशित :२०८० माघ ५, शुक्रबार ०८:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%