‘जनयुद्ध दिवस’मा माओवादीले जितेका स्थानीय तहमा सार्वजनिक बिदा

जनयुद्ध दिवस अर्थात फागुन १ गते गोरखाका तीन पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका छन् । भीमसेन थापा, अजिरकोट र गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै दिवस मनाउन सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

Advertisement 1

रोल्पाका दश स्थानीय तहमध्ये नेकपा (माओवादी केन्द्र)ले जितेको सात स्थानीय तहमा फागुन १ गते बिदा घोषणा गरिएको छ । रोल्पा नगरपालिकाले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिँदै नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जनयुद्ध व्यवस्था परिवर्तनका लागि महान् दिन भएको बताउँदै बिदा दिइएको बताए ।

जनयुद्धकै कारण मुलुक संघीय गणतन्त्रात्मक व्यवस्थामा गएको भन्दै माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले यसलाई कसले मनाउने वा नमनाउनेभन्दा पनि राष्ट्रिय पर्वको रूपमा सबैले स्वीकार गर्नुपर्ने बताए । ‘जनयुद्ध दिवस’को अवसर पारेर रोल्पा नगरपालिकासहित, माडी, सुनछहरी, थबाङ, सुनिल स्मृति र लुङ्ग्री गाउँपालिकाले बिदा घोषणा गरेका छन् । बिदा घोषणा गरेका गाउँपालिकाले ऐतिहासिक दिनको रूपमा आ–आफ्नै कार्यालयमा मनाउने गरी अपिल गरेका छन् । यता सुनछहरी गाउँपालिकाले फागुन १ र २ गते बिदा दिएको छ । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको स्मृति दिवसको सन्दर्भ पारेर सार्वजनिक बिदा घोषणा गरेको छ ।

Advertisement 2

त्यस्तै कालीकोटका पाँच वटा स्थानीय तहहरुले फागुन १ गते सार्वजनिक बिदा दिएका छन्। जसमा रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, पलाता गाउँपालिका र महावै गाउँपालिका छन्।कालीकोटका यी पाँचवटा स्थानीय तहहरुले सूचना जारी गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने जानकारी दिएका छन्।

ुजनयुद्ध दिवसुको अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । ज्ञानेन्द्रराज आरनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार ुजनयुद्ध दिवसुमा विदा दिने सरकारी निर्णय बदर गरेको हो ।

Advertisement 3

अजिरकोट गाउँपालिकाको आइतबारको बैठकले पालिका अन्तर्गतका सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, र वैंक तथा वित्तीय संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । पालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको गण्डकी गाउँपालिका प्रमुख दीपक तिमिल्सिना र भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले बताए । कुल ११ वटा पालिका रहेको गोरखामा यी तीन पालिकासहित नौ वटा पालिका माओवादीले जितेको हो भने बाँकी काग्रेसले प्रमुख पद जितेको छ । जिल्लाका अरु स्थानीय तहले भने बिदा दिएका छैनन् ।

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णयविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवशको रुपमा विदा नदिन अन्तरिम आदेश दिएको थियो ।जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न भनेपनि त्यसको विपरीत जिल्लाका केही स्थानीय तहहरुले धमाधम बिदा दिने निर्णय गरेका हुन् ।

प्रकाशित :२०८० माघ २९, सोमबार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry