एमाले स्थायी कमिटीः वरिष्ठ नेता भण्डारीको शपथ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।
Advertisement 1
पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो। शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित स्थायी कमिटीका सदस्यहरू बैठकमा सहभागी भएका छन्।
पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई छलफल तथा निर्णयका लागि प्रत्यायोजन गरेका विभिन्न ‘एजेन्डा’माथि स्थायी कमिटीको बैठकमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए। ती विषयमा आवश्यक छलफल गरी पार्टीको आगामी कार्यदिशा र निर्णयका सम्बन्धमा बैठकले टुङ्गो लगाउने बताइएको छ।
Advertisement 2
केन्द्रीय कमिटी बैठकबाट प्राप्त जिम्मेवारीअनुसार स्थायी कमिटीले पार्टीका साङ्गठनिक तथा समसामयिक विषयमा आवश्यक निर्णय गर्नेछ। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, सङ्गठन सञ्चालन तथा आगामी कार्ययोजनालगायत विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले विभिन्न विषयमा सचिवालयलाई जिम्मेवारी तथा अधिकार प्रत्यायोजन गरेपछि स्थायी कमिटीको यो पहिलो बैठक बसेको हो। बैठकले सचिवालयबाट प्रस्तुत हुने विषयमा छलफल गरी आवश्यक निर्णय गर्नेछ।








