गृह मन्त्रालयमा कार्यरत उपसचिव गोकर्णप्रसाद उपाध्यायसहित ६ जना उपसचिवको सरुवा
काठमाडौं । विभिन्न निकायमा कार्यरत पाँच जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत पाँच जना उपसचिवको सरुवा गरेको हो ।
Advertisement 1
जसमा गृह मन्त्रालयमा कार्यरत उपसचिव गोकर्णप्रसाद उपाध्यायको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत उपसचिव मोहन निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव सरोजकुमार पोख्रेलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव आरती न्यौपानेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ ।
Advertisement 2
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव कृष्णबहादुर खड्काको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।