संघबाट समायोजन भएका कर्मचारी धमाधम फिर्ता,मन्त्रालय भन्छ ‘परिपत्रको अपव्याख्या भयो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो परिपत्रको अपव्याख्या भएको बताएको छ ।
Advertisement 1
मन्त्रालयले दुगर्ममा दरबन्दी राखेर सुगममा कार्यरत कर्मचारीहरुलाई काज फिर्ता पठाउन सातै वटा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका सबै निकाय र ७५३ स्थानीय तहलाई परिपत्र गरेको थियो । साउन १ देखि दरबन्दी भन्दा बढी रहेका कर्मचारीहरुलाई तलब खुवाउन नसकिने र दरबन्दी भएकै ठाउँमा फर्कन गरिएको परिपत्रको अपव्याख्या गर्दै कतिपय स्थानीय तहहरुले धमाधम कर्मचारी फिर्ता गर्न थालेका छन् ।
स्वास्थ्यको सोही परिपत्रमा टेकेर कतिपय स्थानीय तहले कर्मचारी फिर्ता पठाउन थालेका छन् । कोहलपुर नगरपालिकाले एकै पटक १६ जना स्वास्थ्यकर्मीलाई फिर्ता पठाएको छ भने दुल्लु नगरपालिकाले दरबन्दी पालिकामा रहेका अन्यन्त्र कार्यरत रहेका कर्मचारीहरुलाई फिर्ता लिन नसक्ने जनाएको छ ।
तर,मन्त्रालयले दोहोरो सहमतिमा कामकाजका लागि दरबन्दीबाहेकको ठाउँमा रहेका कर्मचारीलाई दरबन्दी रहेकै ठाउँमा फिर्ता हुन भनेको भए पनि सो परिपत्रको अपव्याख्या भएको बताएको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन फाँट हेर्ने सहसचिव तुलसीनाथ गौतमले समायोजन र समायोजन मिलान भएका कर्मचारीहरु काम गरिरहेको ठाउँबाट फर्किनु नपर्ने स्पष्ट पारे । उनले पालिकामा दरबन्दी भएमा त्यही राख्न सक्ने पनि स्पष्ट पारे ।
Advertisement 2
कतिपय पालिकाले समायोजन र समायोजन मिलान भएका कर्मचारीहरु समेत फिर्ता पठाउन थाले पछि स्वास्थ्य मन्त्रालयले जारी गरेको पत्राचारको अपब्याख्या भएको जनाएको हो ।