यी हुन सरकारी रकम पचाइदिने ६३ ठेकेदार

महालेखा नियन्त्रक कार्यालयले ६३ वटा ठेकेदार तथा निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम बुझाउन ३५ दिने म्याद दिएको छ ।

Advertisement 1

कार्यालयले आज सूचना प्रकाशित गर्दै उनीहरुको तीनपुस्ते विवरणसहित सरकारी बाँकी रकम ब्याजसहित चुक्ता गर्न भनेको हो । तोकिएको म्यादभित्र रकम नतिरे थप कारबाही अघि बढाइने र यसो गर्दा उनीहरुको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति हुन गएमा स्वयं जिम्मेवार रहनुपर्नेसमेत कार्यालयले चेतावनी दिएको छ ।

सरकारी बाँकी रकम नबुझाउनेमा ठेकेदार, प्रहरी,व्यापारी,सरकारी कर्मचारीलगायत छन् । त्यस्तै,कतिपय अमेरिका र भारत ठेगाना भएका कम्पनीका सञ्चालकहरुको समेत नाम सूचनामा उल्लेख छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार क्यासिनो चलाउने नेपाल रिक्रियसन सेन्टर प्रालिले मात्रै ९० करोड रुपैयाँ बुझाउन बाँकी छ ।

Advertisement 2

यसमा कतिपय अमेरिका र भारत ठेगाना भएका कम्पनीसमेत छन् ।

त्यस्तै दि फूलबारी लिमिटेड पोखराले ४१ करोडभन्दा बढी र होटल याक एण्ड यति प्रालिले २० करोडभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । लामा कन्सट्रक्सन,खुम्बु कन्स्ट्रक्सन,ठेकेदार काजी थापा,छिमी गुरुङलगायत नाम भएका निर्माण व्यवसायी तथा ठेकेदारले पनि सरकारी बाँकी रकम नतिरेको सूचीमा उल्लेख छ ।

Advertisement 3

प्रकाशित :२०७९ फाल्गुन २९, सोमबार १९:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry