नमूना बोलपत्र काजगातहरु नेपाली भाषामा बनाइने तथा प्रोक्युरमेन्ट क्लिनिकमा सवै स्थानीय तहलाई समेटिने

सार्वजनिक खरिद अनुगमन कार्यालयले नमूना बोलपत्र काजगातहरु नेपाली भाषामा बनाइने तथा प्रोक्युरमेन्ट क्लिनिकमा सवै स्थानीय तहलाई समेट्ने गरि कार्ययोजना तय गरेको छ ।

Advertisement 1

खरिद तथा सम्झौता व्यवस्थापनका विविध आयामलाई समेटेर पूर्ण अन्तरक्रियामा आधारित सार्वजनिक निकायको खरिद क्षमता अभिवृध्दि गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले यस आर्थिक वर्षमा सवै स्थानीय तहलाई क्रमश सहभागी वनाएर प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रमको माध्यमव्दारा सवै स्थानीय तहको सार्वजनिक खरिद क्षमता वढाउने भएको छ ।

यस आर्थिक वर्षमा गण्डकी प्रदेश र वागमति प्रदेशमा संचालित उक्त कार्यक्रमको प्रभावकारिता र सहभागी वाट व्यक्त विचारको आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले यसै आर्थिक वर्षमा गण्डकी प्रदेश र वागमति प्रदेशवाट यस अघि सहभागिता जनाउन नपाएका स्थानीय तह र अन्य प्रदेशका सवै स्थानीय तहलाई समेटेर क्रमश सवै स्थानीय तहको खरिद क्षमता अभिवृध्दि गर्ने कुरा उक्त कार्यालयका सचिव डा. दामोदर रेग्मीले जानकारी गराए ।

Advertisement 2

प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएको र यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने भएकाले स्थानीय तह प्रदेश र संघका कर्मचारीको सहभागितामा प्रोक्युरमेन्ट क्लिनिक कार्यक्रम सञ्चालन गरिने उनले बताए।यसको साथै खरिद विधि र प्रक्रिया सम्बन्धी भिडियोहरु तयार गरि वेवसाइट वा यु ट्यूवमा राखि इच्छुकले आफ्नै कार्यस्थलवाट अनलाइन तालिम लिन सक्ने प्रबन्ध समेत मिलाउन लागिएको उनले बताए ।

सवै सार्वजनिक निकायको खरिद क्षमता अभिवृध्दि हुन सकेमा मात्र पूंजीगत खर्च बढ्न सक्ने र प्रतिस्पर्धी तथा मितव्ययी खरिद हुन सक्ने डा रेग्मी बताउंछन् । यसै कारणले यस आर्थिक बर्षमा धेरै सुधारका कार्यक्रमहरु अगाडी बढाउन थालिएको उनी बताउंछन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास गरेको विद्युतीय खरिद प्रणालीको प्रयोगमा सहजता ल्याउन र सो प्रणालीको प्रयोगमा सार्वजनिक निकाय र वस्तु वा सेवाको आपूर्तिकर्ता र निर्माण व्यवसायीले विद्युतीय खरिद प्रणालीको सफ्टवयर प्रयोग गर्दा कुनै समस्या आए वा अस्पस्टता भए सो को तत्काल समाधानका लागि सहयोग कक्ष अर्थात हटलाइनको व्यवस्था गरिसकेको छ ।

Advertisement 3

सार्वजनिक खरिदको कार्य जटिल र प्राविधिक विषय भएकोले यो जटिलतालाई सरल बनाउने कार्यको शुरुवात भएको छ यसमा सार्वजनिक खरिद ऐनलाई प्रदेश र स्थानीय तहको आवश्यकता अनुरुप सामयिक बनाइने सरल खरिद कार्यविधिको निर्माण गरिने र नमूना बोलपत्र काजगातहरुलाई नेपाली भाषामा बनाइने विषयहरु प्राथमिकतामा रहेको कुरा सचिव डा. रेग्मीले बताए । राष्ट्रिय तहमा प्रयोग हुने नमूना बोलपत्र कागजातहरु नेपाली भाषामा बनाउनु पर्ने माग धेरै सार्वजनिक निकायवाट आइरहेको र यसलाई सम्बोधन गरिनु आवश्यक भएको उनले बताए । विभिन्न सरोकारवालाहरुको सुझाव बमोजिम सरल खरिद कार्यविधि र नमूना बोलपत्र काजगातहरुलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको उनले बताए ।

राष्ट्रिय स्तरमा प्रयोग हुने कागजातहरुमा आउन सक्ने भाषागत समस्या निराकरण गर्न यसको आवश्यकता महशुस भएको कुरा उनी बताउंछन् । डा• रेग्मीको पहलमा उक्त कार्यालयमा सामयिक सुधारका कार्यक्रमहरु संचालन हुदै आइरहेका छन् र उनी सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्वपूर्ण अंगको रुपमा अगाडी बढाउने अभियानमा छन् ।

प्रकाशित :२०८० आश्विन ७, आईतवार ०५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry