रसुवामा ठेकेदारको ब्रम्हलुट, नियम बिपरित ढुङ्गा, गिटी वालुवा तस्करी हुँदा के हेर्दैछ प्रशासन ?

मोङबा बगरबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन्,निकासी र विक्री वितरण भइरहेको पाइएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका र गोसाइकुण्ड गाउँपालिकाको सीमामा पर्ने मौवा बगरबाट विगत तीन बर्षदेखि अवैद्य रुपमा नदीजन्य पर्दाथको उत्खनन र विक्री वितरण भइरहँदा प्रशासनको मौनता रहष्यमय रुपमा हेरिएको छ ।
गोसाइकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाको सीमामा पर्ने र यी दुई पालिकाबीच सीमा विवाद समेत निस्किरहेको क्षेत्रमा ठेकेदारहरुले तीन बर्षदेखि निर्वाध रुपमा दैनिक पचासौं टिप वालुवा,रोडा लगायतका पर्दाथहरु उत्खनन गर्दै हाइड्रोपावरलाई वेचबिखन भइरहेको इकर्मचारी डटकमको सम्पर्कमा आएका स्थानीय युवाहरुले जनाएका छन् ।
जिल्ला समन्वय समितिको प्रमुखको कुर्सीमा कुलप्रसाद भट्ट हुँदा ७५ साल चैत्रमा वातावरणीय प्रभाव मूल्यांकन सम्झौता भएको थियो । सम्झौता ७७ चैत्र १८ गतेसम्मको मात्र भए पनि ठेकेदारहरुले तीन बर्षदेखि निर्वाध रुपमा नदीजन्य पर्दाथको उत्खनन र विक्री वितरण गर्दा स्थानीय प्रशासन,जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय र लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरुको मिलेमतो विना कसरी सम्भव हुन्छ ?

Advertisement 1

जिल्ला समन्वय समितिले ७७ साल चैत्र सम्ममात्र गिटी बालुवा उत्खनन्को स्वीकृति दिएको भए पनि विगत तीन बर्षदेखि खुलेआम अवैद्यानिक तवरले नदीजन्य पर्दाथ उत्खनन भइरहेको छ ।


वातावरणीय प्रभाव मूल्यांकन नगरिकन अवैध तवरले गिट्टी–बालबुवा निकालेर खुलेआमा बिक्री गरिरहेको भन्दै उक्त कार्य तत्काल रोकी सरकारले छानबिन गर्नुपर्ने स्थानीयले माग गरेका हुन् ।
दैनिक रुपमा सयौं टिपर नदीजन्य पर्दाथ उत्खनन गरी कोरियाली लगानीको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले प्रवर्द्धन गर्न लागेको २१६ मेगावाट क्षमताको जलविद्युत आयोजनालाई विक्री वितरण गर्दै आएको स्थानीयहरुको आरोप छ ।
अवैध रूपमा नदीजन्य ढुंगा, गिट्टी–बालुवा संकलन रोक्न माग गर्दै स्थानीयहरु वडा कार्यालयमा पटक–पटक अनुरोध गर्दा समेत नरोकिएपछि युवाहरु गाउँपालिका हुँदै अख्तियारदेखि सरोकारवाला निकायसम्म उजुरी बोकेर पुगेका छन् ।
यसरी अवैद्य रुपमा नदीजन्य पर्दाथ उत्खनन गर्ने काममा मिनरल एग्रिकेट कन्ट्रक्सन प्रालि कम्पनी अग्रसर रहेको बताइएको छ ।
यो कम्पनी कम्पनीका प्रोपाइटर पूर्व वडा अध्यक्ष बम बहादुर तमाङ,यस अघि मंगल नेशनल अर्गानाइजेसन हुँदै हालै काँग्रेस बनेका ओमसिं तामाङ र एकीकृत माओवादीका सथनीय नेता जङबहादुर तामाङको हो ।

Advertisement 2


यही कम्पनीले मोङबा बगरबाट स्काभेटरको प्रयोग गरेर दैनिक आठवटा ट्याङकरलाई ४० टिपसम्म बोकााउने गरेको स्थानीय वीरबहादुर तामाङ बताउँछन् ।
मुम्बा बगरमा अवैध रूपमा नदीजन्य ढंगा, गिट्टी–बालुवा संकलन गरेको स्थानीयको वातावरणीय प्रभाव मूल्यांकन नगरिकन अवैध तवरले खुलेआमा गिट्टी–बालुवा तस्करी भइरहेकोले तत्काल सरकारले रोकेर छानबिन गर्नुपर्ने अर्काे स्थानीय हर्क तामाङले इकर्मचारी डटकमसँग बताए । उनले भने,‘उत्तरगया–१ को भूगोलबाट शक्तिको आडमा यसरी प्राकृतिक स्रोतमाथिको दोहन तत्काल बन्द गर्नुपर्छ । सरकारले सत्य तथ्य छानविन गरी दोषीमाथि अभिलम्ब कारवाही गर्नुपर्छ ।’
स्थानीय छेकु लामाका अनुसार मिनिरल एग्रिकेट प्रालिले गोसाइँकुण्ड गाउँपालिकामा ०७५ मा अनुमति लिइ ग्राभेल निकालेर गिट्टी–बालुवा उत्पादन तथा बिक्री गरेको र मुम्बा बगर उत्तरगया गाउँपालिकाको सिमानामा पर्ने भएकाले विवाद भएको बताउँछन् । उनले मोङबा बगरमा नदीजन्य पदार्थको दोहन भएको बताए । लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि कर तिरेर ग्रावेल निकालेको भने पनि उत्तरगया क्षेत्रको सार्वजनिक क्षेत्रबाट पनि ग्रावेल निकालेको देखिन्छ । स्थानीय तहको सिमानामा त्रिशूली नदी पर्छ । गोसाइँकुण्ड गाउँपालिकाले भने तीन वर्षअघि एक वर्षको मात्र कर तिरेको जनाएको छ ।
लामाले भने, ‘त्यहाँ ग्रावेल झिक्न तत्काल रोकेर दुई वटा स्थानीय तह, जिल्ला समन्वय समिति, निकुञ्ज र नापी, मालपोत कार्यालयलगायतका सरोकारवालाले पालिका सिमाना एकीन गर्नुपर्छ ।’
मोङबा बगर क्षेत्रमा ईआईए र आईए नगरिकन एवं सार्वजनिक जग्गाबाट गिट्टी–बालुवा झिकेकोले वडा कार्यालयबाट ०८० कात्तिक २४ गते पत्राचार गरेर पनि सुनुवाइ नभएको उत्तरगया गाउँपालिका–१ ले बताएको छ ।

उत्तरगया गाउँपालिकाका उपाध्यक्षचमेली गुरुङले मुम्बा बगरको भूगोल उत्तरगया गाउँपालिका–१ मा पर्ने बताइन् ।

Advertisement 3


कालिका र गोसाइँकुण्ड गाउँपालिकासँग पनि सिमाना जोडिएकोले नापी नक्सामा गोसाइँकुण्ड गाउँपालिको वडा नं ६ मा पर्ने भने पनि गोसाइँकुण्ड गाउँपालिकामा राजस्व बुझाएको नदेखिएकोले अवैध रूपमा नदीजन्य गिट्ट–बालुवा निकालेर बिक्री गर्ने कार्य तत्काल रोक्न प्रहरी, प्रशासनसमक्ष पत्राचार गरेको उनले बताइन् ।
यद्यपि उपाध्यक्षको पत्राचार पछि समेत यो खेतीपाती रोकिएको छैन ।
आफूहरूले गोसाइँकुण्ड गाउँपालिकामा पर्ने त्रिशूली खोलाबाट वातावरणमैत्री रूपले बालुवा संकलन गर्ने गरी झन्डै १६ रोपनी क्षेत्रफलको जग्गामा त्रिशूली नदीले वर्षायाममा निजी जमिनमा खोला पसी जम्मा गरेको बालुवा संकलन गर्ने र संकलित बालुवा स्थानीय बजारमा बिक्री गर्ने प्रयोजनका लागि गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जमा नियमानुसार कर तिरेर क्रसर राखेर नदिजन्य ढुंगा, गिट्टी–बालुवा संकलन गरेको सो वडाका पूर्व वडाध्यक्ष समेत रहेका बमबहादुर तामाङले बताए ।
मिनरल एग्रिकेट कन्ट्रक्सन प्रालि कम्पनी मार्फत् स्थानीय आशावीर तामाङ र पूर्व वडाध्यक्ष तामाङलगायतले मिलेर नदीजन्य ढुंगा, गिट्टी–बालुवा संकलन गरेको हुन् । उक्त भूगोल गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्ने र त्रिशूली खोलाबाट वातावरणमैत्री तवरले बालुवा संकलन प्रयोजनका लागि प्रारम्भिक वातावरण परीक्षण अध्ययन गरी ०७५ चैतमा सार्वजनिक सूचना प्रकाशन गरेर वैधानिक तवरले काम भइरहेको आशावीर तामाङ प्रतिक्रिया दिएका छन् ।

यद्यपि यो समूहले प्रशासनसँगको मिलेमतोमा कानुन विपरित नदीजन्य सामाग्रीको तस्करी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

प्रकाशित :२०८० पुष ३, मंगलवार १८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry