बजेट निर्माणमा पूर्वनासु सहभागीता, सूचना चुहाउँदा ९० करोडको क्षति

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको विषयमा प्रश्न उठेको छ।

Advertisement 1

बजेट पेश हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायव सुब्बा (नासु) रामकृष्ण श्रेष्ठको अनधिकृत संलग्नता रहेको पाइएको हो । उनकै सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफेर भए, जसले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको छ ।

सूचना चुहिएका कारण बजेट भाषणको मुखमा ११०० भन्दा बढी चारपाङ्ग्रे विद्युतीय गाडी अस्वाभाविक रुपमा नेपाल भित्रिएका छन् । सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (साउन–वैशाख)सम्म जम्मा २ हजार ९५५ वटा विद्युतीय गाडी सवारी आयात भएको थियो । बजेट आउनु अघिको १५ दिनमा वीरगञ्ज, रसुवागढी, तातोपानी र भैरहवा नाकाबाट मात्र ११२१ विद्युतीय सवारी भन्सार जाँचपास भएर भित्रिएको पाइएको छ ।

Advertisement 2

१० महिनामा जति विद्युतीय गाडी आयात भएको छ, त्यसको एक एक तिहाईभन्दा बढी (३८ प्रतिशत) बिजुली गाडी बजेट अघिको दुई सातामा भन्सार जाँचपास हुनुले सूचना चुहिएको पुष्टि हुने भन्सार अधिकारीहरु नै बताउँछन् ।नासु रामकृष्ण श्रेष्ठको सहभागितामा बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफेर भए, जसले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको छ । अर्थमन्त्री, सचिवले भने बजेट निर्माणमा श्रेष्ठको संलग्नता अनधिकृत नभई आधिकारिक रहेको दाबी गरेका छन् । बजेटको निर्णयमा होइन, बजेट टाइप गर्ने काममा श्रेष्ठको सहभागिता रहेको मन्त्रालयको दाबी छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दरहरुमा हार्मोनाइजेसन कोड(एचएस) विगतदेखि जसले टाइप गर्दै आएको हो उसैले टाइप गरेको भन्दै करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको प्रवेश नरहेको दाबी गरेका छन् ।  श्रेष्ठले बिगतदेखि नै करका दर चलाउने काम गरिरहेका भन्दै उनले उनी अनधिकृत नभएको दावी गरेका छन् ।

Advertisement 3

मन्त्री महतले भने, ‘तर, यो निर्णय कसै न कसैले टाइप त गर्न पर्‍यो नि । त्यो टाइप गर्ने काम रामकृष्ण श्रेष्ठले गरेका हुन् । उनी करारमा रहेका सरकारी कर्मचारी हुन् । हार्मोनाइज्ड सिस्टम (एचएस कोड) दर्ता गर्न उनको अनुभव छ । पोहोर, परार र त्यो भन्दा पहिलेदेखि नै त्यो काम उनैले गर्ने हो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि श्रेष्ठलाई टाइपिस्टका रूपमा काममा लगाउँदै आएको बताएको छ ।

 

प्रकाशित :२०८० जेष्ठ २३, मंगलवार ०९:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry