प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

विराटनगर। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को नवौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ।
प्रदेश प्रमुख खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले आज प्रतिवेदन प्रस्तुत गरेका हन्।
त्यसअवसरमा प्रदेश प्रमुख खापुङले न्यायाधिवक्ताको कार्यालयलले लोकतन्त्रको सुदृढीकरण र कानुनी शासन लागू गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।
उनले न्यायाधिवक्ताको कार्यालयलले प्रदेशमा कानुन निमार्णमा दिएको सुझाव एवं सल्लाह महत्वपूर्ण रहेको धारणा राखे। प्रदेश प्रमुख खापुङले समुदाय र विद्यार्थीलाई कानुनी साक्षरता प्रदान गरेको कार्यको प्रशंसा गर्दै कारागार र प्रहरी हिरासतको अनुगमन गरी सुधारका लागि दिएको सुझाव कार्यान्वयन हुने विश्वास जनाए।
त्यसअवसरमा मुख्य न्यायाधिवक्ता वस्तीले प्रदेशमा कानुनी शासनको बलियो उपस्थिति रहेको जनाउँदै आर्थिक वर्ष २०८२/८३ मा ६२ प्रतिशत मुद्दा फछ्र्योट भएको जानकारी दिए।
प्रकाशित :२०८३ आश्विन २३, शुक्रबार १६:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम