करारका एउटा कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयको ‘अनौठो कनेक्सन’
लोकसेवा भीडेर स्थायी नियुक्ती खाएका कर्मचारीहरु ‘जोकरफाल्तु’हुने,हाकिम तथा नेताका निकट भएकै आधारमा करारमा नियुक्त भएका कर्मचारीको उल्टै हैकम चल्ने ।
Advertisement 1
संघकै कार्यालयमा स्थायी नियुक्ति पाएका कर्मचारीहरु प्रदेश र जिल्लातिर पठाएर करारका कर्मचारीको रजगज चलिरहेको छ ।
यस्तो वेतिथि गाउँका सिंहदरबारदेखि केन्द्रकै सिंहदरबारसम्म देखिन्छ । गृह मन्त्रालयमा एक जना करारको कम्युटर अपरेटरलाई कर्मचारी प्रशासन महाशाखामा राखेर हर्ताकर्ता बनाइएकै शैलीमा गृह मातहतकै कार्यालय जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत करारका कर्मचारीलाई हर्ताकर्ता बनाएर महत्वपूर्ण विभागको जिम्मेवारी दिइएको बिषय सार्वजनिक भएको छ ।
Advertisement 2
कार्यालयले नचिन्ने गैह्र कर्मचारीलाई अनिता तिमल्सिनालाई पासपोर्ट शाखाको जिम्मेवारी दिइएको पाइएको हो ।
अहिले रसुवा जिल्ला प्रशासन कार्यालयको नेतृत्व गरिरहेका वेदनिधि खनाल त्यतिबेला सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी थिए । राष्ट्रिय परिचयपत्र कार्यक्रमका लागि भन्दै राजनीतिक दबाबमा तिमल्सिनालाई करार सेवामा भर्ना गरिएको थियो ।
गत असारमै उनको करार अवधि सकिइसकेको छ करार अवधि नविकरण समेत भएको छैन तर उनी मनलागेको समयमा कार्यालय आउने र उक्त फाँटको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
Advertisement 3
जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार,तिमिल्सिनाको करार अवधि सकिएको ६ महिना व्यतित भइसक्यो । उनको करार नवीकरण समेत भएको छैन तर सिडियो कार्यालयले पासपोर्टको अनलाइन एक्सिस पासवर्ड, पासपोर्ट रहने दराजको साँचोसहित फाँटको मुलढोकाको साँचो समेत उनैलाई दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले गत साउनदेखि तिमिल्सिनाको तलब वा कुनै रकम भुक्तानी गरेको छैन । यद्यपि तिमिल्सिना दैनिक रुपमा कार्यालय आउने गर्दै आएकी छिन् ।
एकातिर करार अवधि नवीकरण नभएको ६ महिना व्यतित भइसकेको छ,अर्काेतिर तिनै तिमिल्सिना हरेक दिन कार्यालयमा आएर महत्वपूर्ण फाँटको जिम्मेवारी सम्हालिहरेकी छिन् । पासपोर्टको अनलाइन एक्सिसदेखि, पासपोर्ट रहने दराजको साँचोसहित फाँटको मुलढोकाको साँचो समेत उनैलाई दिइएको छ । एउटा करारको कर्मचारीसँग किन लूगलूग काँम्दैछ जिल्ला प्रशासन कार्यालय ?