सिँचाइ कार्यालय बुटवलका तत्कालीन प्रमुख श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिन, भोलेबाबा कन्स्ट्रक्सनका सञ्चालक सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।
Advertisement 1
भूमिगत जलस्रोत र सिंचाइ निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै उनीविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर दास र लखापाल मरासिनीमाथि ५३ लाख ७५ हजार रुपैयाा बिगो माग दाबी गरेको छ । निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिबाट ६३ लाख ७ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
उनीहरुले आर्थिक वर्ष २०७४/०७५ मा ठेकेदार र उपभोक्ता समितिमार्फत नवलपरासीको देवचुली र दुम्किबास पम्प हाउस, स्टोरेज टंकी र वितरण प्रणालीको ठेक्कामा कामै नगरी ९ लाख ३२ हजार ५ सय ४८ रुपैयाँको नक्कली बिल बनाएर हिनामिना गरेका थिए ।
Advertisement 2