उपसचिवमा ९ जना छनोट, १ जना कारबाहीमा

लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले परराष्ट्र सेवा समूहको उपसचिव पदको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या तीन जनामा पाँच जना छनोट भएका छन् ।

Advertisement 1

लिखित परीक्षामा १ सय ५६ जना सम्मिलित रहेका छन् । जसमध्य कृष्णप्रसाद चापागाई, जुनु हमाल ढकाल, जीमसन रुम्दाली राई छनोट भएका छन् । त्यस्तै माग पद संख्या एकको लागि ६ जना छनोट भएका छन् । जसमध्य अरुणा घिसिङ, तारा गौतम, रविन्द्र राजभण्डारी, जीमसन रुम्दाली राई, नितेस सापकोटा र विपिन दुवाडी छनोट भएका छन् । त्यस्तै आयोगले कारबाहीसँग सम्बन्धित सूचना प्रकाशित गरेको छ । त्यस्तै लोक सेवा आयोगले एक जनालाई कारबाही गरेको छ । आयोगले नेपाली सेना अधिकृत क्याडेट प्रकाश राज तिवारीलाई कारबाही गरेको छ ।
सूचना हेर्नुहोस्ः

प्रकाशित :२०८० श्रावण १७, बुधबार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry