राजश्व अनुसन्धान विभागद्वारा अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् ।
Advertisement 1
राजश्व अनुसन्धान विभागको विशेष टोलीले उक्त सुन बरामद गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको उच्च अधिकारीले इकर्मचारीलाइ बताए । स्रोतका अनुसार चीनबाट कार्गो गरी ल्याइएको स्कुटरको पार्टसमा सुन लुकाइएको भेटिएको थियो ।
रेडी प्रालिले ८ वटा कार्टुनमा ल्याएको सय पिसभन्दा बढी पार्टसमा सुन राखेको अवस्थामा राजश्व अनुसन्धान टोलीले बरामद गरेको हो ।उक्त सुन सय किलोसम्म हुन सक्ने अनुमान गरिएको छ ।
Advertisement 2
अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो ।राजश्व अनुसन्धान विभागको नेतृत्व सहसचिव नवराज ढुङ्गानाले गरिरहेका छन् । यो विभागको इतिहासकै ठूलो अपरेसन हो ।नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको हो ।
राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको हो ।