निजामती कर्मचारी संगठन विघटन गर्न पूर्वमन्त्रीको माग
पूर्व मन्त्री तथा राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले निजामती कर्मचारी संगठन विघटन गर्न माग गरेका छन् ।
राष्ट्रिय सभा (तेह्रौं) बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावका बिषयमा बोल्दै उनले देशमा भ्रष्टाचारको अन्त्य गर्दै सुशासन ल्याउने हो र सेवा प्रवाह सुधार गर्ने हो भने निजामती कर्मचारी संगठनलाई बिघटन गर्नुपर्ने बताएका हुन् ।
Advertisement 1
देवले भने,निजामती कर्मचारी संगठनलाई बिघटन गर्नुपर्दछ । एउटा व्यक्ति कति चोटी प्रधानमन्त्री मन्त्री हुने त्यसको सीमा हुनुपर्दछ । राष्ट्रिय स्तरका ठेकेदारहरुको जस्को ट्याक रेकर्ड राम्रो छैन । यी तीन वटा कुरा नियन्त्रण गर्ने हो भने मुलुकमा सुशासन कायम हुन्छ ।
यस्तै देवले मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पार्टीहरूले आफ्ना क्याडर बाँडफाँड गरेर भागबण्डामा संरचना गर्ने हो भने त्यो अख्तियारले केही गर्न नसक्ने टिप्पणी गरेका छन् ।