संवैद्यानिक आयोगमा रिक्त ४० पदमा पदपूर्तिको बाटो खुल्यो

लामो समयदेखि अल्झिएको संवैद्यानिक निकायको पदपर्तिको गाँठो फुकेको छ । सोमबार वालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएसँगै विभिन्न दश संवैधानिक निकायमा रिक्त ४० पदपूर्ति गर्ने विषयमा सहमति भएको वालुवाटार सूत्रको भनाई छ ।
बैठकमा सत्तारुढ दलबाट प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए। कांग्रेसका तर्फबाट देउवा र नेता रमेश लेखक सहभागी थिए। बैठकमा उपस्थित कांग्रेस सभापति देउवाले संवैधानिक निकायमा नियुक्तिका लागि कांग्रेस तयार रहेको बताएका थिए । हाल १० वटा संवैधानिक आयोगका ४० पद रिक्त छन् ।

Advertisement 1

अख्तियार, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, महिला आयोग, जनजाति आयोग, मुस्लिम आयोग, थारू आयोगलगायत दश संवैधानिक आयोगमा झण्डै चालिस भन्दा बढी पद रिक्त रहेका छन् ।
यही भदौं महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरे उमेर हदका कारण भदौं महिनामा र अन्य दुई आयुक्तले फागुनबाट अवकाश पाउँदैछन् ।
त्यहाँका आयुक्तद्धय डा. गणेशराज जोशी र डा. सावित्री थापा गुरुङ मात्रै आयुक्तमा बहाल छन्। उनीहरुले पनि आगामी फागुनमा ६ वर्षे पदावधिका कारण अवकास पाउने भएका छन्।
उस्तै हालत छ निर्वाचन आयोगको । त्यहाँ २ आयुक्तको पद रिक्त छन् । दलित, मुस्लिम, थारू, मधेसी, वित्त, समावेशी, महिलालगायततिर आयुक्तहरु नियुक्त हुन सकेका छैनन् । यी आयोगले वर्षौंदेखि पूर्णता पाउन सकेका छैनन् ।
जसमध्ये आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित चार सदस्य नियुक्ति हुन बाँकी छ। यस्तै, राष्ट्रिय महिला आयोगमा पनि अध्यक्ष र चार सदस्य रिक्त छ। राष्ट्रिय दलित आयोगमा पनि अध्यक्ष र चार सदस्य नियुक्ति गर्न बाँकी छ। मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार९चार सदस्य रिक्त छ। सरकारले समावेशी आयोगमा अध्यक्ष र तीन सदस्य नियुक्ति गर्न बाँकी छ ।

प्रकाशित :२०७७ भाद्र १, सोमबार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry